संरक्षणका लागि पत्रकारिता

चितवनको पत्रकारीता क्षेत्रमा वातावरण पत्रकारको सुचीमा पर्ने नाम हो कोमल चन्द्र भगत सुडी । नेपाल पत्रकार महासंघ चितवनका सदस्य एवं आभास टेलिभिजनका प्रबन्ध निर्देशक भगतले जर्नालिजम फर कन्जरभेसन भन्ने नारा सहित समाचारका विभिन्न विट मध्य संरक्षण र वातावरणीय पत्रकारीतालाई रोजे । विकास, संरक्षण, वातावरण र पर्यावरणलाई मुख्य विट बनाएर पत्रकारीता क्षेत्रमा पेशागत धर्म निर्वाह गरेका पत्रकार सुडीले चितवनको पत्रकारीतामा छुट्टै पहिचान बनाएका छन् । चितवनमा रहेर वातावरण पत्रकारीताको माध्यमबाट वातावरण, पर्यावरण र पर्यटन प्रवद्र्धन एवं संरक्षणमा टेवा पु¥याउदै आएका पत्रकार कोमल चन्द्र भगत सुडी ले वि.सं. २०५६ सालमा आधिकारीक रुपमा भरतपुर वातावरणिय सामाजिक संस्थाको स्थापना गरी पत्रकारीता पेशा र वातावरणीय सरसफाई एवं संरक्षण कार्यलाई संगसंगै अघि बढाएका हुन् । गैरसरकारी संस्थाले गर्ने कार्य भन्दा मिडिया मार्फत सरसफाईका प्रचारमुलक सामाग्री टेलिभिजन मार्फत प्रसारण गर्न सके समुदायमा थप प्रभावकारी हुने देखि पत्रकार सुडीले वि.सं. २०५८ सालमा सामुदायिक टेलिभिजनको अवधारणा अघि सारी स्थानीय केबल चितवन युनिक केबल टेलिभिजन मार्फत श्रव्यदृष्य सञ्चारमाध्यम टेलिभिजन सञ्चालन गरेका थिए । वि.सं. २०५८ साल देखि पेशागत हिसावले शुरु भएको सुडीको वातावरणीय पत्रकारीताले हालसम्म पनि निरन्तरता पाएको छ । स्थानीयस्तरमा सञ्चालन भएका रेडियो र प्रकाशीत भएका पत्रपत्रिकाले जस्तै तत्कालिन समयमा स्थानीय केबल मार्फत प्रसारण हुने सामुदायिक टेलिभिजनले वैधानिकता पाउनु पर्छ भनेर आवाज उठाउने पत्रकार भगत हुन् । सुडीले उठाएका वैधानिकताको सवाल हाल कार्यान्वयन भई सकेको छ । स्थानीय सामुदायिक टेलिभिजनमा विशेष गरी वातावरणीय सरसफाई र संरक्षणमा काम गर्दै आएका पत्रकार सुडीले टेलिभिजन सञ्चालन संगै सामाजिक, सांस्कृतिक, आर्थिक र राजनितिक पाटोलाई पनि टेलिभिजनमा उत्तिकै स्थान दिएका छन् । जिल्लामा छरिएका सबै विषय बस्तुलाई समाचार प्रसारण एवं कार्यक्रम निर्माण गरी प्रसारण गर्दै आएका भगतले वि.सं. २०७० सालमा आभास टेलिभिजनको स्थापना गरेसंगै पर्यावरण र विकास कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यसका अलवा विभिन्न संघ संस्था वा कार्यालयको सहयोगमा थुप्रै वृत्तचित्रहरु पनि उत्पादन गरिसकेका छन् । नेपालका विभिन्न स्थानमा रहेका राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु....Read More

Affiliation & Networks

Federation of Nepal Journalists.

Federation of Nepal Photo Journalists.

Amnesty International.

Bird Education Society.

Nepal Wildlife Photographers Club

Tarai Samudayik Sewa Samiti Chitwan

Madhesi Journalists Society Nepal Chitwan

Contact

Komal Chandra Bhagat

Bharatpur, Chitwan Nepal

Mobile no :- +977 9855056039

                     +977 9801556039

Tel : +977-056-522349

Email :-  komal@avconsults.com