Komal Chandra Bhagat
Komal Chandra Bhagat संरक्षणका लागि पत्रकारिता
चितवनको पत्रकारीता क्षेत्रमा वातावरण पत्रकारको सुचीमा पर्ने नाम हो कोमल चन्द्र भगत सुडी । नेपाल पत्रकार महासंघ चितवनका सदस्य एवं आभास टेलिभिजनका प्रबन्ध निर्देशक भगतले जर्नालिजम फर कन्जरभेसन भन्ने नारा सहित समाचारका विभिन्न विट मध्य संरक्षण र वातावरणीय पत्रकारीतालाई रोजे । विकास, संरक्षण, वातावरण र पर्यावरणलाई मुख्य विट बनाएर पत्रकारीता क्षेत्रमा पेशागत धर्म निर्वाह गरेका पत्रकार सुडीले चितवनको पत्रकारीतामा छुट्टै पहिचान बनाएका छन् । चितवनमा रहेर वातावरण पत्रकारीताको माध्यमबाट वातावरण, पर्यावरण र पर्यटन प्रवद्र्धन एवं संरक्षणमा टेवा पु¥याउदै आएका पत्रकार कोमल चन्द्र भगत सुडी ले वि.सं. २०५६ सालमा आधिकारीक रुपमा भरतपुर वातावरणिय सामाजिक संस्थाको स्थापना गरी पत्रकारीता पेशा र वातावरणीय सरसफाई एवं संरक्षण कार्यलाई संगसंगै अघि बढाएका हुन् । गैरसरकारी संस्थाले गर्ने कार्य भन्दा मिडिया मार्फत सरसफाईका प्रचारमुलक सामाग्री टेलिभिजन मार्फत प्रसारण गर्न सके समुदायमा थप प्रभावकारी हुने देखि पत्रकार सुडीले वि.सं. २०५८ सालमा सामुदायिक टेलिभिजनको अवधारणा अघि सारी स्थानीय केबल चितवन युनिक केबल टेलिभिजन मार्फत श्रव्यदृष्य सञ्चारमाध्यम टेलिभिजन सञ्चालन गरेका थिए । वि.सं. २०५८ साल देखि पेशागत हिसावले शुरु भएको सुडीको वातावरणीय पत्रकारीताले हालसम्म पनि निरन्तरता पाएको छ । स्थानीयस्तरमा सञ्चालन भएका रेडियो र प्रकाशीत भएका पत्रपत्रिकाले जस्तै तत्कालिन समयमा स्थानीय केबल मार्फत प्रसारण हुने सामुदायिक टेलिभिजनले वैधानिकता पाउनु पर्छ भनेर आवाज उठाउने पत्रकार भगत हुन् । सुडीले उठाएका वैधानिकताको सवाल हाल कार्यान्वयन भई सकेको छ । स्थानीय सामुदायिक टेलिभिजनमा विशेष गरी वातावरणीय सरसफाई र संरक्षणमा काम गर्दै आएका पत्रकार सुडीले टेलिभिजन सञ्चालन संगै सामाजिक, सांस्कृतिक, आर्थिक र राजनितिक पाटोलाई पनि टेलिभिजनमा उत्तिकै स्थान दिएका छन् । जिल्लामा छरिएका सबै विषय बस्तुलाई समाचार प्रसारण एवं कार्यक्रम निर्माण गरी प्रसारण गर्दै आएका भगतले वि.सं. २०७० सालमा आभास टेलिभिजनको स्थापना गरेसंगै पर्यावरण र विकास कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यसका अलवा विभिन्न संघ संस्था वा कार्यालयको सहयोगमा थुप्रै वृत्तचित्रहरु पनि उत्पादन गरिसकेका छन् । नेपालका विभिन्न स्थानमा रहेका राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु आरक्षहरु, चितवन राष्ट्रिय निकुञ्ज, वर्दिया राष्ट्रिय बांके राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, जिल्ला भित्र रहेका विभिन्न सामुदायिक वनहरु, मध्यवर्ती क्षेत्र, डिभिजन वन कार्यालय चितवन, डिभिजन वन कार्यालय रसुवा लगायत संग समन्वय गरी धेरै वृत्तचित्र, कार्यक्रम निर्माण गरिसकेका छन् । त्यस्तै वातावरण संरक्षणकै क्षेत्रमा काम गर्ने सरकारी एवं गैरसरकारी संस्था संग समन्वय गरी वृत्तचित्र निर्माण गरी प्रसारण गरेका छन् । राष्ट्रिय निकुञ्ज भित्र हुने हरेक गतिविधिहरु जस्तैः पर्यटन प्रवद्र्धन हुने खालकका कार्यक्रमहरु, गैंडा गणना,सिमसार क्षेत्रमा हुने चरा गणना देखि वन्यजन्तु र मानव विचको द्धन्द्ध, वन्यजन्तुको अवस्था, सामुदायिक वनमा हुने हरेक गतिविधीलाई पत्रकार भगतले आफ्ना विषय वस्तुको रुपमा पस्कदै आएका छन् । पत्रकार भगतले वातावरण पर्यावरण र संरक्षण क्षेत्रको अलवा निकै संवेदनशील र सामाजिक सांस्कृतिक विषयहरुमा पनि वृत्तचित्र निर्माण गरेका छन् । युएन हाविटाटको सहयोगमा खुल्ला दिसामुक्त क्षेत्र चितवन, केयर अष्ट्रिया र केयर नेपाल संगको सहकार्यमा महिला शसक्तिरण कार्यक्रम, प्राक्टिकल एक्सनको सहयोगमा रोप वे, तुइन, धान खेतीमा हांसपालन, डेरी मास, नेपाल वातावरण पत्रकार समुहको सहयोगमा विपन्न समुदायमा धुवां रहित चुलो निर्माण, एक्सन एड नेपालको सहयोगमा दुर्गम क्षेत्रमा विकास एवं प्रकोप व्यवस्थापन, फरवार्ड नेपालको सहयोगमा अति विपन्न समुदायमा घांस खेति, कुरीलो खेती, पशुपालन, तरकारी खेती, आइएलओ को सहयोगमा निकृष्ट र जोखिमपुर्ण काम गर्ने बालबालिका एवं सडक बालबालिकाको पुर्नस्थापना लगायतका विषय वस्तुलाई श्रव्यदृष्य समाचार, वृत्तचित्र, र टेलिभिजन कार्यक्रम निर्माण गरी सकेका छन् । त्यसो त पत्रकार भगत कै परिकल्पनामा वि.सं. २०६२ सालमा नेपालमा नै पहिलो पटक आदिवासी थारु समुदायको संस्कार संस्कृति झल्कने थारु प्रतिभा पुरस्कारको आयोजना गरिएको थियो । पत्रकार सुडी नेपाल फोटो पत्रकार महासंघ नेपालका केन्द्रिय सदस्य एवं नेपाल फोटो पत्रकार महासंघ चितवनका संस्थापक अध्यक्ष हुन । फोटो पत्रकार महासंघ नेपाल, देश भर छरिएर रहेका फोटो पत्रकारहरुको हक हित र पेशागत सुरक्षाको लागि गठन भएको फोटो पत्रकारहरुको साझा संगठन हो । पत्रकार सुडीले छायांकन गरेको गोहीले माछा खांदै गरेको फोटो बेइजिङ अन्तराष्ट्रिय फोटो प्रदर्शनीमा उत्कृष्ट फोटोमा छानिएको थियो । पत्रकार सुडीले बि.सं. २०६४ देखि २०६७ सम्म नेपाल पत्रकार महासंघ चितवनको कार्य समिति सदस्य र बि.सं. २०७५ देखि २०७७ सम्म नेपाल पत्रकार महासंघ बागमति प्रदेशको सदस्य पदमा रही जिम्मेवारी बहन गरिसकेका छन् । पत्रकार सुडीले पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को समयमा आफु स्वयं फ्रन्टलाइनमा रहि फ्रन्टलाइनमा नै रहेर काम गर्ने चितवनका विभिन्न अस्पताल, मेडिकल कलेजमा काम गर्ने डाक्टर, स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने उद्देश्यले सन्देशमुलक श्रव्यदृष्य सामग्री, अन्तरक्रियात्मक कार्यक्रम र वृत्तचित्र निर्माण गरेका थिए । वातावरणीय सरसफाइ र संरक्षण र सामाजिक कार्यमा उत्कृष्ट कार्य गरे बापत वि. सं २०६४ मा युनिभर्सल पिस फेडरेसन युवा शान्ति दुत पुरस्कार, वि.सं. २०६८ सालमा जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति चितवनबाट नमुना जिल्ला बनाउने अभियानमा सहयोग गरे बापत उत्कृष्ट पत्रकारीता पुरस्कार पाएका थिए । त्यस्तै वन प्राविधिक समाज चितवन बाट प्रकृति संरक्षण पुरस्कार र प्रेस चौतारी नेपाल चितवनबाट वाट कमला स्मृति पत्रकारीता पुरस्कारबाट पत्रकार भगत पुरस्कृत भएका छन् । भने विभिन्न संघ संस्थाबाट उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित समेत भएका छन् । वन, वातावरण, पर्यावरण संरक्षण, फोहोर व्यवस्थापन, पर्यटन प्रवद्र्धन लगायत समाजका हरेक क्षेत्रलाई उजागर गर्ने जस्ता विषयलाई उठान गरी पत्रकारीता गर्दै आएका पत्रकार भगतसंग २० वर्ष लामो अनुभव छ ।

Affiliation & Networks

Federation of Nepal Journalists.

Federation of Nepal Photo Journalists.

Amnesty International.

Bird Education Society.

Nepal Wildlife Photographers Club

Tarai Samudayik Sewa Samiti Chitwan

Madhesi Journalists Society Nepal Chitwan

Contact

Komal Chandra Bhagat

Bharatpur, Chitwan Nepal

Mobile no :- +977 9855056039

                     +977 9801556039

Tel : +977-056-522349

Email :-  komal@avconsults.com